पाकिस्तानमा मनाइयो ‘बैसाखी’, सहभागी भए राजदूत अधिकारी

हिमाल प्रेस ४ वैशाख २०८१ १९:४३
6
SHARES
पाकिस्तानमा मनाइयो ‘बैसाखी’, सहभागी भए राजदूत अधिकारी

काठमाडौँ- पाकिस्तानको हसन अब्दलस्थित गुरुद्वारा श्री पञ्जा साहिबमा सोमबार सिख समुदायले ‘बैसाखी’ पर्व मनाएका छन्। सो कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले सहभागिता जनाएका छन्।

पाकिस्तान सिख गुरुद्वारा समितिको आयोजनामा गरिएको बैसाखी पर्व कार्यक्रममा राजदूत अधिकारीले विशेष अतिथिका रूपमा उपस्थिति जनाएका थिए। कार्यक्रममा विश्वका विभिन्न ठाउँमा ठूलो संख्यामा सिख धर्मावलम्बीहरू सहभागी भएका थिए। त्यसै गरी पाकिस्तानी हिन्दू समुदायले पनि पर्वमा सहभागिता जनाएको राजदूत अधिकारीले जानकारी दिए।

यो गुरुद्वारामा सिख धर्मका संस्थापक गुरु नानकको हातको छाप रहेकाले सिख समुदायका लागि यो विशेष स्थान मानिन्छ। खाल्सा पन्थको स्थापना दिवसको अवसरमा सिख समुदायले बैसाखी विशेष रूपले मनाउने गर्छन्।

सिख धर्मका १० औँ गुरु गुरुगोविन्द सिंहले सन् १६९९ मा बैसाखीको दिन आनन्दपुरमा खालसा प्रथाको स्थापना गरेका थिए। सन् १८०१ मा बैसाखीको दिन पञ्जाबका राजा रञ्जित सिंहलाई महाराजा घोषित गरिएको भन्ने मान्यता छ।

 

प्रकाशित: ४ वैशाख २०८१ १९:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =