रंगकर्मी राम केएसीकाे कवितासङ्ग्रह ‘अर्धब्रह्म’

हिमाल प्रेस २७ चैत २०८० १५:२१
104
SHARES
रंगकर्मी राम केएसीकाे कवितासङ्ग्रह ‘अर्धब्रह्म’

काठमाडौं- रंगकर्मी एवं कवि राम केएसीले कवितासङ्ग्रह ‘अर्धब्रह्म’ लोकार्पण भएको छ। दरबारमार्गस्थित रेगल फ्लेर्वसमा पुस्तकको लोकार्पण गरिएको हो।

 एउटै कवितासङ्ग्रहमा नेपाल  र नेपाली भाषाका लामा तथा छोटा गरी ३६ वटा कविता समावेश छ। पुस्तकमा कविताको मर्म अनुरूप रेखाचित्रहरु पनि काेरिएकाे छ।  पुस्तककाे  ले-आउट र डिजाइन लक्ष्मी वैद्यले गरेकी हुन्।

कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ (रोदन), ध्रुव मधिकर्मी, अभय श्रेष्ठ र वरिष्ठ पत्रकार कुमार रञ्जितले पुस्तकबारे समीक्षात्मक मन्तव्य राखे। उनीहरुले कृतिमा नेपाल भाषा र नेपाली भाषाका कविताहरू क्रमशः समानान्तर ढङ्गले राखिएको उल्लेख गरे।

पुस्तक स्रष्टा ७९ वर्षीय अजि मंगलमाया श्रेष्ठको विशेष आतिथ्यमा वरिष्ठ कवि तथा कथाकार श्रीओम श्रेष्ठ (रोदन), वरिष्ठ कथाकार ध्रुव मधिकर्मी, वरिष्ठ कवि अभय श्रेष्ठ र वरिष्ठ पत्रकार कुमार रञ्जितले पुस्तकको लोर्कापण गरे।

पुस्तक सद्भाव थिएटर, नेपालले प्रकाशन गरेको पुस्तकको मुल्य दुई सय ९० रूपैयाँ छ।

प्रकाशित: २७ चैत २०८० १५:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =