जलवायु परिवर्तन र ग्रीन फाइनान्सका सवालमा दक्षिण एसियाका देशबीच सहकार्य आवश्यक

हिमाल प्रेस २६ चैत २०८० १२:२५
62
SHARES
जलवायु परिवर्तन र ग्रीन फाइनान्सका सवालमा दक्षिण एसियाका देशबीच सहकार्य आवश्यक

काठमाडौँ- विश्वका सबै मुलुकहरू मिलेर उर्जा सुरक्षा  र जलवायु परिवर्तनकाे प्रभावलाई न्यूनीकरण गर्न ढिलाई गर्न नहुने निस्कर्ष यस क्षेत्रका विज्ञहरूको छ। हालै राजधानीमा जम्मा भएका दक्षिण एसियाली मुलुक (सार्क) क्षेत्रका विज्ञहरूले यस्तो निस्कर्ष निकालेका हुन्। कन्सोर्टियम अफ साउथ एसियन थिंक ट्याङ्क (कोसाट) ले क्षेत्रीय परियोजना उर्जा सुरक्षा र जलवायु परिवर्तन एसिया प्यासिफिक (रिक्याप) तथा कोनराड एडेन्यूअर स्टिफटुङ (कास) सँग मिलेर कार्यक्रम गरेको थियो। उक्त कार्यक्रममा जलवायु परिवर्तन र ग्रीन फाइनान्सको सवालमा दक्षिण एसियाका देशबीच सहकार्य हुनुपर्ने सरोकारवालाले बताए।

हालै राजधानीमा सम्पन्न सम्मलेनमा ग्रीन फाइनान्सलाई वातावरण प्रभाव मूल्यांकन (ईआईए) र वातावरणमा पुर्‍याइरहेको समस्या केन्द्रित भएर काम गर्नुपर्ने यूरोपेली संघ (ईयू) को नेपालस्थित कोअपरेसन प्रमुख मार्को जेमरले बताएका छन्। विश्वले जलवायु परिवर्तनका लागि मिलेर काम गर्नुपर्ने र अहिलेको समस्या समाधान गर्ने सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

यस्तै, दक्षिण एसियामा भूराजनीति विषयले धेरै विभाजन गरेको उल्लेख गर्दै पर्यटन, संस्कृति, जलवायु लगायत क्षेत्रमा मिलेर काम गर्नुपर्ने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वरिष्ठ नीति सल्लाहकार ब्रिजमोहन सिंहले आफनो धारण राखेका थिए। जलवायु परिवर्तनको कारणले गर्दा हिन्दकशु हिमालय क्षेत्रमा प्रभाव परिरहेको समेत उनले कार्यक्रममा बताएका थिए।

कोसाटका प्रमुख निश्चलनाथ पाण्डेले जलवायु परिवर्तन र ग्रीन फाइनान्सको सवालमा दक्षिण एसियाका देशहरू सचेत र यसका लागि गम्भीर हुनुपर्ने बताएका छन्। जलवायु परिवर्तन र ग्रीन फाइनान्स लगायतका विषयमा आम पाठक, शैक्षिक क्षेत्र, सरकारकी प्रतिनिधि, नीतिगत तह र सबै सम्बन्धीत क्षेत्रले सहकार्य गर्नुपर्ने उनले बताए। जलवायु परिवर्तन र ग्रीन फाइनान्स आवश्यक रहेको र यसको संरक्षणका लागि सबै जिम्मेवार भएर काम गर्नुपर्ने धारण राखेका थिए।

सम्मेलनमा जलवायु परिवर्तन र ग्रीन फाइनान्सका क्षेत्रमा काम गर्ने दक्षिण एसियाका संघसस्थाका प्रतिनिधि भेला भएका थिए। सम्मेलनमा सहभागी वक्ताहरूले वातावरणमा प्रभाव पर्ने, विपद् बढ्ने र हावा दुषित हुने लगायतका नकारात्मक असर जलवायु परिवर्तनबाट परिरहेको र यसको बारेमा सबै सचेत हुनुपर्ने विषयमा छलफल भएको थियो।

सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, माल्दिभ्स, भुटान र बंगलादेशका जलवायु क्षेत्रमा काम गर्ने संघसस्था र यस क्षेत्रमा अनुसन्धान गरिरहेका विज्ञहरू सहभागी थिए। उनीहरूले आ-आफुले गरेको अनुसन्धान र अहिलेको अवस्थाका बारेमा बताएका थिए।

प्रकाशित: २६ चैत २०८० १२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seven =