सभामुखसहितको हस्ताक्षरमा गण्डकीको मुख्यमन्त्रीमा दाबी गर्दै खगराज

हिमाल प्रेस २५ चैत २०८० ११:१४
2
SHARE
सभामुखसहितको हस्ताक्षरमा गण्डकीको मुख्यमन्त्रीमा दाबी गर्दै खगराज

काठमाडौँ- गण्डकी प्रदेशमा एमालेका नेता खगराज अधिकारीको नेतृत्वमा सरकार गठन गर्न दाबी गर्ने भएको छ। एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री दाबी गर्न लागिएको हो।

यसमा सभामुखको समेत संख्या गनिएको छ। कोशीमा सभामुखसहित संख्या गनेर दाबी गर्दा पछि अदालतले उक्त सरकार उल्ट्याइदिएको थियो। त्यही घटना गण्डकीमा पनि दोहोरिने देखिएको छ।

एमालेका २२, माओवादीका सभामुखसहित ८ र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३१ सिट पुग्छ। दलको सिट संख्याका आधारमा बहुमत पुर्‍याएर दाबी गर्न लागिएको हो।

प्रकाशित: २५ चैत २०८० ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 7 =