गण्डकी सरकार : मनाङे भौतिक र देवकोटा ऊर्जा मन्त्री

हिमाल प्रेस २९ जेठ २०८१ १२:५०
48
SHARES
गण्डकी सरकार : मनाङे भौतिक र देवकोटा ऊर्जा मन्त्री मंगलबार मन्त्री पदको शपथ लिँदै दीपक मनाङे। तस्बिर : रासस

काठमाडौँ– गण्डकी प्रदेश सरकार विस्तार भएको छ। सोमबार विश्वासको मत पाएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मंगलबार स्वतन्त्र सांसद (राजीव गुरुङ)दीपक मनाङे र माओवादी चुनाव चिह्न लिएर चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटालाई मन्त्री बनाएर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

उनीहरूको पद तथा गोपनीयताको शपथ पनि आजै भइसकेको छ। मनाङे र देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन्। गण्डकीमा चतुर मानिएका मनाङे फेरि पनि भौतिक पूर्वाधार मन्त्री बनेका छन्। उता फ्लोरक्रस गरेका देवकोटा ऊर्जा मन्त्री बनेका छन्।

प्रकाशित: २९ जेठ २०८१ १२:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + one =