रुपन्देही जाँदै प्रधानमन्त्री

हिमाल प्रेस २४ चैत २०८० १०:३४
2
SHARE
रुपन्देही जाँदै प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुपन्देही आउने भएका छन्।

एक सातादेखि लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा आयोजना गरिएको विराट चक्र विज्ञानको समापन तथा लुम्बिनी आध्यात्मिक जानगरणको उद्घाटन कार्यक्रममा प्रचण्ड रुपन्देही आउन लागेका हुन्। प्रधानमन्त्रीसँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि लुम्बिनी आउन लागेका छन्।

जीवन विज्ञान परिषद् प्रशिक्षक शिक्षा विकास केन्द्र लुम्बिनीले आयोजना गरेको साधनामा ५३ सय सहभागी तथा करिब एक हजार आयोजक स्वयंसेवकले एकैपटक यो कार्यक्रममा सहभागिता जनाएका थिए।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रधानमन्त्री प्रचण्ड दिउँसो हेलिकप्टरबाट लुम्बिनी आउने र सोही कार्यक्रम सकेर काठमाण्डौ फर्कने कार्यक्रम रहेको जानकारी दिए। शुक्रबार उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी यहाँ आएका थिए।

प्रकाशित: २४ चैत २०८० १०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 16 =