पर्यटन बोर्डले माग्यो सीईओ

हिमाल प्रेस २४ चैत २०८० ८:०२
16
SHARES
पर्यटन बोर्डले माग्यो सीईओ पर्यटन बोर्डको कार्यालय

काठमाडौँ- नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ।

बोर्डले शनिबार सार्वजनिक सूचना प्रकाशन गरी सीईओ माग गरेको हो।

आवेदन दिन स्नातकोत्तर गरेको र पर्यटन क्षेत्रमा १० वर्षको कार्यानुभव भएको हुनुपर्नेछ। ३५ वर्ष देखि ६० वर्षसम्मका व्यक्तिले आवेदन बुझाउन सक्नेछन्।

योग्यता पुगेका नेपाली नागरिकलाई १२ दिनभित्र आवेदन बुझाउन भनिएको छ।

आवेदन शुल्क ७ हजार रुपैयाँ तोकिएको छ।

प्रकाशित: २४ चैत २०८० ८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =