आईपीएल : चेन्नईमाथि हैदराबादको जित

हिमाल प्रेस २४ चैत २०८० ७:२४
2
SHARE
आईपीएल : चेन्नईमाथि हैदराबादको जित

काठमाडौँ- सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्समाथि ६ विकेटको सहज जित हासिल गरेको छ।

चेन्नईले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य हैदराबादले ११ बल बाँकी छँदै मात्र ४ विकेटको क्षतिमा पछ्यायो। हैदराबादका लागि ऐडन मारक्रमले सर्वाधिक ५० रनको योगदान दिए। उनले मात्र ३६ बलमा ४ चौका र एक छक्का हिर्काए।

यसअघि ओपनर अभिषेक शर्माले १२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ३७ रन बनाए। अर्का ओपनर ट्राभिस हेडले २४ बलमा ३१ रनको योगदान दिए।

हेनरिच क्लासेनले नटआउट रहँदै १० र नितिश कुमार रेड्डीले १४ रन बनाउँदै टोलीलाई जितसम्म डोर्‍याए। चेन्नईका लागि मोइन अलीले २ तथा दीपक चाहर र महिश थिकशानाले १-१ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो। चेन्नईका लागि शिवम दुवेले २४ बलमा ४५ रनको शानदारी इनिङ्स खेले। उनले दुई चौका र ४ छक्का हिर्काए।

त्यस्तै, रवीन्द्र जडेजाले २३ बलमा ३१ रन बनाए भने अजिंक्या रहानले ३० बलमा ३५ रनको योगदान दिए। कप्तान रुतुराज गैयकवाडले २१ बलमा २६ रन बनाए। हैदराबादका लागि भुवनेश्वर कुमार, टी नटराजन, प्याट कमिन्स, सहबाज अहमद र जयदेव उनादकटले १–१ विकेट हासिल गरे।

प्रकाशित: २४ चैत २०८० ७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + five =