यस्तो छ आजको मौसम

हिमाल प्रेस २४ चैत २०८० ६:३७
यस्तो छ आजको मौसम

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ।

गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

आइतबार देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको थोरै स्थानहरू र बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेश लगायत लुम्बिनी , गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावा(हुरीको सम्भावना रहेको छ।

 

प्रकाशित: २४ चैत २०८० ६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =