बिस्केट जात्राका लागि तयार भयो भैरवनाथको रथ [फोटो फिचर]

दिपेश श्रेष्ठ २३ चैत २०८० १५:३७
14
SHARES
बिस्केट जात्राका लागि तयार भयो भैरवनाथको रथ [फोटो फिचर]

काठमाडौँ- आठ रात नौ दिन लामो भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्राका लागि टौमढीस्थित पाँचतले मन्दिरअगाडि भैरवनाथको रथ तयार पारिएको छ। नयाँ वर्ष आगमनको चार दिनअगाडि अर्थात् यो वर्ष चैत २७ गते मंगलबार रथ तानेपछि जात्रा सुरु हुनेछ।

जात्राका लागि प्यागोडा शैलीमा काठैकाठको तीनतले करिब ३० फिट अग्लो भैरवनाथको रथ बनाइने गरिन्छ। जात्रा व्यवस्थपान समितिले हालसम्म विभिन्न आकारका काठ तयार पारी पांग्राहरू जोड्ने, बिग्रिएका र भाँचिएका कुरा मर्मत गर्ने र फेर्ने, चुकुल फेर्ने, बुट्टा बनाउने र छानो हाल्ने काम सम्पन्न गरेको छ। त्यस्तै भद्रकालीको रथ पनि बनाइसकेको छ। २६ गतेसम्म रङरोगनको काम पनि सम्पन्न हुनेछ।

चैत २७ गते तान्त्रिक विधिद्वारा पूजा सम्पन्न गरी रथ तानेर जात्रा सुरु हुनेछ। चैत मसान्तमा ल्यासिङखेलमा इन्द्रध्वजासहितको ५५ हातको ल्योसिं उभ्याइने र २०८१ वैशाख १ गते साँझ ढाल्ने प्रचलन छ।

वैशाख ५ गते भैरवको रथलाई तानेर पुनः टौमढीस्थित भैरवनाथको प्रांगणमा पुर्‍याएपछि जात्रा सम्पन्न हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =