आईपीएल : पञ्जाबले गुजरातलाई ३ विकेटले हरायाे

हिमाल प्रेस २३ चैत २०८० ६:१७
12
SHARES
आईपीएल : पञ्जाबले गुजरातलाई ३ विकेटले हरायाे तस्बिर पञ्जाब किंग्सको फेसबुक पेजबाट।

 काठमाडौँ- इन्डियन प्रिमियर लिग–२०२४ (आईपीएल) को १७औँ खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई ३ विकेटले हराएकाे छ। यो सिजनमा पञ्जाबको दोस्रो जित हो। टोलीले लगातार दुई पराजयपछि जित हात पारेको छ।

बिहीबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा पञ्जाबले टस जितेर पहिले बलिङ रोजेको हो। पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाएको थियो।

पञ्जाबले १९.५ ओभरमा ७ विकेट गुमाएर २०० रनको लक्ष्य पूरा गरेको थियो। टोलीले लिगमा छैटौंपटक २०० वा सोभन्दा बढीको लक्ष्य पछ्याएको छ। पञ्जाब यस्तो गर्ने पहिलो टोली बनेको छ।

खेलको प्लेयर अफ द म्याच शशांक सिंह भए। उनले २९ बलमा ६१ रनको अविजित इनिङ खेले। शशांकले आफ्नो पहिलो आईपीएल जितेका छन्।

शशांकको अर्धशतक, गिलको इनिङ्समा भारी

पहिले ब्याटिङमा आएका गुजरातका कप्तान शुभमन गिलले ४८ बलमा ८९ रनको अविजित इनिङ खेले। साई सुदर्शनले ३३ रन बनाए। कागिसो रबाडाले २ विकेट लिए। हरप्रित ब्रार र हर्षल पटेलले एक/एक विकेट लिए।

जवाफी इनिङ्समा पञ्जाबका लागि शशांक सिंहका अलावा आशुतोष शर्माले १७ बलमा ३१ रन, प्रभसिमरन सिंहले ३५ रनको योगदान दिए।

नूर अहमदले २ विकेट लिए। अजमातुल्लाह ओमरजाई, उमेश यादव, राशिद खान, मोहित शर्मा र दर्शन नल्कान्देले एक/एक विकेट लिए।

प्रकाशित: २३ चैत २०८० ६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =