मुख्यमन्त्रीमा फेरि दाबी गर्छु : सुरेन्द्रराज पाण्डे

हिमाल प्रेस २१ चैत २०८० १३:३०
मुख्यमन्त्रीमा फेरि दाबी गर्छु : सुरेन्द्रराज पाण्डे

काठमाडौँ- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू फेरि पनि मुख्यमन्त्रीको दाबेदार भएको बताएका छन्। उनले अब पनि आफूले सरकार बनाउन अन्य दलसँग मुख्यमन्त्रीका लागि छलफल गर्ने भएका हुन्।

प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष राजीनामा बुझाएपछि आज सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले संविधानको धारा एक सय ६८ को उपधारा दुई अनुसार दुई वा दुईभन्दा बढी राजनीतिक दलको समर्थनमा सरकार बनाउने व्यवस्था रहेकाले पुनः सरकारको दाबी गर्ने बताए।

उनले आफ्नो कार्यकालमा सुशासनको प्रत्याभूति दिन सरकार सफल भएको र कामको आत्मसन्तुष्टि मिलेको बताए।

सरकारको नेतृत्व समालेपछि प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउन इमानदारीपूर्वक काम गरेको बताए।

गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो। कूल ६० सदस्यीय प्रदेशसभा कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक सदस्य छन्। सरकार गठनका लागि ३१ सदस्यको समर्थन आवश्यक पर्दछ।

प्रकाशित: २१ चैत २०८० १३:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 7 =