जीडब्ल्यूएमका गाडीमा नयाँ वर्ष अफर

हिमाल प्रेस २१ चैत २०८० १३:१३
जीडब्ल्यूएमका गाडीमा नयाँ वर्ष अफर

काठमाडौँ– जीडब्ल्यूएमका गाडीले नेपाली नयाँ वर्ष २०८१ का अवसरमा विशेष अफर ल्याएको छ। विश्वव्यापी रुपमा प्रसिद्ध ब्रान्ड जीडब्लूएमको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले ‘सानदार नव वर्ष २०८१’ योजना ल्याएको हो।

नेपाली नयाँ वर्ष स्वागत गर्न जीडब्ल्यू्एमका लोकप्रिय मोडेलहरु हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीमा आकर्षक अफर ल्याइएको भीजी इम्पेक्सले जनाएको छ।

यी अफरमार्फत ग्राहकले ओरा ०३ ईभीमा नगद छुट, फ्री एसेसरिज, एक वर्षसम्मको बिमा र फास्ट चार्जरसहित पाँच लाखसम्मको लाभ पाउनेछन्। भीजी इम्पेक्सका अनुसार हाभलका एच् सिक्स, र जोलायनमा ८.५ लाख सम्मको फाइदासहित नगद छुट, एक वर्ष सम्मको बिमा, एक्सचेन्ज बोनस र फ्री एसेसरिजका साथै, पावरमा १० लाख सम्मको फाइदासहित इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश छन्।

 

प्रकाशित: २१ चैत २०८० १३:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =