होन्डाले भित्र्यायो एनएक्स २००

हिमाल प्रेस २१ चैत २०८० १२:३०
होन्डाले भित्र्यायो एनएक्स २००

काठमाडौँ–  होन्डाले नेपाली बजारमा  नयाँ बाइक एनएक्स २०० भित्र्याएको छ। एनएक्स २०० बाइकलाई सिटी राइडिङ र लामो दुरीको यात्रा दुवैका लागि उपयुक्त मानिँदै आएको दाबी कम्पनीको छ।  यसको ‘अप-राइट पोजिसन’ र टायरको ‘टफ ट्रेड प्याट्रन’ले आरामदायी यात्रा सुनिश्चित गर्दछ।

एनएक्स २०० मा उपलब्ध ‘वाइन्ड भाइजर’ र ‘एलईडी विंकर’ सहितको ‘नकल कभर’ले सुरक्षा फिचरलाई बढाउनुको साथै बाईकलाई झनै आकर्षक बनाएको होन्डाले जनाएको छ।

‘लिक्युइड क्लियर’ डिजिटल मिटर र चालकलाई पायक पर्नेगरी चाबी हाल्ने ठाउँ ट्यांकीमै हुनु पनि यसका अन्य विशेषता हुन्। १० वर्षसम्मको वारेन्टी प्याकेजमा पाइने एनएक्स २०० को सुरुवाती बिक्री मूल्य ४,७९,९०० रुपैयाँ तोकिएको छ।

प्रकाशित: २१ चैत २०८० १२:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − twelve =