विद्यालयको नाम परिवर्तन नगरे भर्ना रोकिदिने काठमाडौँ महानगरपालिकाको चेतावनी

हिमाल प्रेस २१ चैत २०८० ९:२०
326
SHARES
विद्यालयको नाम परिवर्तन नगरे भर्ना रोकिदिने काठमाडौँ महानगरपालिकाको चेतावनी काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले अंग्रेजी नाममा रहेका विद्यालयको मौलिक नामकरण नगरे विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने चेतावनी दिएको छ। महानगरपालिकाको शिक्षा विभागले बुधबार एक सूचना प्रकाशित गरी यस्तो चेतावनी दिएको हो। सूचनामा महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयले नेपालीपन भल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने उल्लेख छ। ‘यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र यस विभागमा अनिवार्य सम्पर्क गर्नुहुन सूचित गरिन्छ। यस अवधि (७ दिन) मा सम्पर्क गरी मौलिक नामकरणको प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ती प्रक्रियामा रोक लगाउने सहित काननुबमोजिमको कारबाही प्रक्रिया अगाडि बढाइनेछ।’

शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था छ। महानगरपालिकाअन्तर्गतका अधिकांश संस्थागत विद्यालयको नाम यो व्यवस्थाको प्रतिकूल देखिएपछि महानगरपलिकाले संशोधन गर्न समयसीमा तोकेको हो।

विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराउनुपर्छ। यसैगरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभागमा निवेदन दिन महानगरपालिकाले आग्रह गरेको छ। ‘अन्यथा यसै सूचनालाई आधार मानी शिक्षा नियमावली, २०५९ (संशोधन सहित) काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ तथा प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारी गराइन्छ’, महानगरपालिकाको सूचनामा उल्लेख छ।

प्रकाशित: २१ चैत २०८० ९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =