रुसी सेनामा कार्यरत नेपाली रक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका पक्राउ

हिमाल प्रेस १९ चैत २०८० ११:१६
4
SHARES
रुसी सेनामा कार्यरत नेपाली रक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका पक्राउ

काठमाडौँ- रुसी सेनामा रहेको नेपालीको उद्धार र जीवन रक्षाको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्ने प्रदर्शनकारी पक्राउ परेका छन्।

रुसी सेनामा भर्ती भइ सम्पर्कविहीन भएकाहरुको खोजी, मृत्यु भएकाहरुको शव फिर्ता र अलपत्र परेकाहरुको उद्धारको माग राख्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

आन्दोलनमा उत्रिएका रुसी सेनामा रहेका नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी अभियन्ता कृतु भण्डारी सहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रकाशित: १९ चैत २०८० ११:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − seven =