हेर्नुहोस् आजको मौसम

हिमाल प्रेस १९ चैत २०८० ६:३९
4
SHARES
हेर्नुहोस् आजको मौसम

काठमाडौँ- पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सोमबार पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

अहिले बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ।

महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको अनुमान छ।

राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ।

महाशाखाले गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

प्रकाशित: १९ चैत २०८० ६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 11 =