बहुमतमा बागमतीका मुख्यमन्त्री

हिमाल प्रेस १७ चैत २०८० १२:००
6
SHARES
बहुमतमा बागमतीका मुख्यमन्त्री

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बहुमत जुटाएका छन्। नयाँ समीकरण बनेसँगै अल्पमतमा परेका मुख्यमन्त्रीले साना दललाई समेट्दै बहुमतमा परेका छन्।

११० सदस्यीय बागमती प्रदेशसभामा विश्वासको मत पाउनका लागि कम्तीमा ५६ सांसदको समर्थन आवश्यक पर्छ।
सत्ता गठबन्धन दलहरू एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ गरी जम्मा ५५ सांसद छन्। यसमा २ सिटे हाम्रो नेपाली पार्टी (हानेपा) पनि जोडिएको छ।
मुख्यमन्त्रीले बहुमत जुटाएसँगै विपक्षी कांग्रेस अल्पमतमा परेको छ। यही मौकामा मुख्यमन्त्रीले आउँदो चैत १९ मा विश्वासको मत लिँदैछन्।

एमाले सहभागी हुँदै

बागमती प्रदेश सरकारमा नेकपा एमाले सहभागी हुने भएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई मन्त्री पदमा नियुक्त गरि सरकारमा सहभागी गराउने तयारी गरिएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाकाअनुसार नेता थपलियालाई आजै साँझ ६ बजे शपथ गराउने तयारी गरिएको छ। थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तिक्ने मुख्यमन्त्री शालिकराम जम्केट्टेलको तयारी रहेको कार्यालयले जनाएको छ।

बदलिएको सत्ता समीकरण अनुसार मुख्यमन्त्री जम्कट्टेलले सरकारमा साझेदार दलहरुलाई सहभागी गराएका हुन्।

१९ गते विश्वास मत लिने तयारी गरेका उनले सत्ता समीकरणमा सुरक्षित बन्न यस अघि २ सांसद रहेको हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्री नियुक्त गरेका थिए।

प्रकाशित: १७ चैत २०८० १२:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =