बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज शपथ लिने

हिमाल प्रेस २६ पुष २०७९ ७:५२
4
SHARES
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज शपथ लिने

काठमाडौँ- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।

उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहान साढे ९ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको हो । जम्कट्टेल सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको नेता समेत रहेका उनलाई माओवादी केन्द्र २१ सांसद सहित एमालेका २७, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना गरी ७० जना सांसदको समर्थन रहेको छ।

शपथ लिएसँगै उनले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

प्रकाशित: २६ पुष २०७९ ७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 5 =