बागमतीका मुख्यमन्त्री जम्कट्टेलले बोलाए सर्वदलीय बैठक

हिमाल प्रेस १७ मंसिर २०८० ८:४४
2
SHARE
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले बोलाए सर्वदलीय बैठक बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल। फाइल तस्बिर।

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक बोलाएका छन्। उनले दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन्।

गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार बैठकमा प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफल हुनेछ।

बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुंगो लगाउने जनाइएको छ।

प्रकाशित: १७ मंसिर २०८० ८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =