इलाममा ट्यांकर पल्टिँदा बालकको मृत्यु, चालक घाइते

हिमाल प्रेस १७ चैत २०८० ७:२८
10
SHARES
इलाममा ट्यांकर पल्टिँदा बालकको मृत्यु, चालक घाइते

इलाम- इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा पानी बोक्ने ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मेची राजमार्गबाट मार्से जानेसडकबाट खसेर मे १ त २४०८ नम्बरको ट्यांकर दुर्घटना भएको हो ।

दुर्घटनामा इलाम नगरपालिका–४ का गणेश लिम्बूका छोरा १७ वर्षे रञ्जित लिम्बूको मृत्यु भएको पशुपतिनगर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्यही ट्यांकरमा काम गर्ने लिम्बूको घटनास्थलमै मृत्यु भएको हो ।

ट्यांकर चालक ३६ वर्षे मनोज राई घाइते भएका छन् । उनको झापास्थित अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित: १७ चैत २०८० ७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =