आईपीएल : बैंगलुरुमाथि कोलकाताको सानदार जित

हिमाल प्रेस १७ चैत २०८० ६:५५
2
SHARE
आईपीएल : बैंगलुरुमाथि कोलकाताको सानदार जित

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेञ्जर्स बैंगलुरुमाथि कोलकाता नाइट राइडर्सले सानदार जित निकालेको छ।

गएराति बैंगलुरुको एम चिन्नास्वामी स्टेडियममा कोलकाताल ७ विकेटको सानदार जित निकाल्दै जारी संस्करणको आइपिएलमा लगातार दुई जित निकालेको हो।

बैंगलुरुले दिएको १८३ रनको लक्ष्य बैंगलुरुले १९ बल बाँकी छँदै तीन विकेट गुमाएर पूरा गरेको थियो।

कोलकाताका लागि कप्तान श्रीयास ऐयरले २४ बलमा २ चौका र २ छक्का प्रहार गरी ३९ रन तथा रिंकु सिंह ५ बलमा ५ रन हानेर नट आउट रहे।

त्यसअघि वैंकटेश ऐयरले अर्धशतक प्रहार गरेका थिए। उनले ३० बलमा ३ चौका र ४ छक्का प्रहार गरी ५० रन पूरा गरेका थिए।

त्यस्तै सुनिल नारायणले २२ बलमा २ चौका र ५ छक्का प्रहार गरी ४७ रनको योगदान गरे।

ओपनर फिल साल्टले २० बलमा २ चौका र २ छक्का प्रहार गरी ३० रन जोडेका थिए।

बलिङतर्फ बैंगलुरुका यस दयाल, मयंक डगर र विजयकुमार विशकले एकरएक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बैंगलुरुले ६ विकेटको क्षतिमा १८२ रन बनाएको थियो।

बैंगलुरुका लागि ‌ओपनर विराट कोहली ८३ रन हानेर नट आउट रहे। ५९ बल खेलेका उनले ४ चौका र ४ छक्का हाने।

अन्तिम बलमा रन आउट हुनअघि दिनेश कार्थिकले ८ बलमा ३ छक्काको मद्दतले २० रन जोडे।

त्यसअघि क्यामरून ग्रीनले २१ बलमा ४ चौका र २ छक्का प्रहार गरी ३३ रनको योगदान गरे भने १९ बल खेलेका ग्लेन म्याक्सवेलले ३ चौका र १ छक्का प्रहार गर्दै २८ रन बनाए।

कप्तान फाफ डु प्लेसिस ८ रन बनाएर आउट हुँदा रजत पाटिदार र अनुज रावत ३र३ रन बनाएर आउट भएका थिए।

आईपीएलको जारी सिजनमा ३ खेल खेलेको बैंगलुरु दुई खेलमा पराजित भएको छ भने दुई खेल खेलेको कोलकाता लगातार विजयी भएको छ।

प्रकाशित: १७ चैत २०८० ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =