ट्रेड युनियनले शिक्षाको गुणस्तर खस्काएको छैन : प्रदीप ज्ञवाली

हिमाल प्रेस १५ चैत २०८० ११:३३
342
SHARES
ट्रेड युनियनले शिक्षाको गुणस्तर खस्काएको छैन : प्रदीप ज्ञवाली प्रदीप ज्ञवाली।

काठमाडौँ- सत्तारुढ नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ट्रेड युनियनले शिक्षाको गुणस्तर नखस्काएको टिप्पणी गरेका छन्। उपमहासचिव ज्ञवालीले ट्रेड युनियन अधिकार प्रयोग गर्दागर्दै पनि शिक्षकले राम्रो पढाउन सक्ने तर्क गरे।

हिमाल प्रेसको साप्ताहिक कार्यक्रम ‘एडट्क’ मा कुराकानी गर्दै ज्ञवालीले भने,‘ट्रेड युनियनले शिक्षाको गुणस्तर खस्काएको छैन। ट्रेड युनियन अधिकार प्रयोग गर्दागर्दै पनि शिक्षकले राम्रो पढाउन सक्छ।’ उनले अब ट्रेड युनियनको भूमिका पनि परिवर्तन हुनपर्ने बताए। शिक्षा क्षेत्रका ट्रेड युनियनकर्मीहरूले अब आफ्नो विद्यालयलाई कसरी नमूना बनाउने त्यसतर्फ बहस गर्नुपर्ने ज्ञवालीले बताए।

उपमहासचिव ज्ञवालीले शिक्षासम्बन्धी परम्परागत बुझाइमा परिवर्तन ल्याउनुपर्ने बताउँदै कुनै पनि मानिसको क्षमता विश्वविद्यालयको डिग्रीले मात्र मापन नगर्ने बताए। उनको भनाइ छ,‘समाज आफैं सजग नभइकन  शिक्षाको विकास सम्भव छैन। डिग्री नपढेका मानिसहरूले पनि समाजमा राम्रै योगदान गरिरहेका हुनसक्छन्।’

कार्यक्रममा ज्ञवालीले हिजोआज शैक्षिक संस्थामा किन विद्यार्थी घटिरहेका छन् र विश्वविद्यालय ओरालो दिशामा किन छन् त्यातिर सोच्नुपर्ने बताए। उनले भने,‘हाम्रा शैक्षिक संस्थाहरूप्रति विद्यार्थीको आकर्षण किन खस्किँदो छ त्यतातिर सोच्नुपर्ने छ। विश्वको विश्वविद्यालयको र्‍याङ्कीमा हाम्रा विश्वविद्यालयहरू किन ओरालो लागेका छन्, किन विद्यार्थीहरू बाहिरजानेक्रम बढ्दो छ यो कुरामा हामीले समीक्षा नगर्ने हो भने हामीले सोचेको नतिजा ल्याउन सक्दैनौँ।’

राज्यले शिक्षालाई महत्त्व दिएन : एमाले उपमहासचिव ज्ञवाली


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =