एमाले कास्कीमा खगराज गुट हाबी, पदाधिकारीसहित अधिकांश पदमा निर्वाचित

विजय नेपाल १४ चैत २०८० २२:१०
34
SHARES
एमाले कास्कीमा खगराज गुट हाबी, पदाधिकारीसहित अधिकांश पदमा निर्वाचित

पोखरा- नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशनबाट खगराज अधिकारी निकटका उम्मेदवारले बाजी मारेका छन्। केही महिनाअघि एमाले गण्डकीको चुनावमा भने पृथ्वीसुब्बा गुरुङ गुटको प्यानलले चुनाव जितेको थियो।

५ दिनदेखि पोखरामा भएको अधिवेशनअन्तर्गत सहमतिको प्रयास विफल बनेपछि इलेक्ट्रिक भोटिङका आधारमा नेतृत्वको छिनोफानो गरिएको हो। मतदानमा खगराजनिकट उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्री अध्यक्षमा निर्वाचित भएका छन्। पदाधिकारीमा अधिकारी समूह नै हावी हुँदा अन्य अधिकांश पदमा पनि सोही समूहका उम्मेदवारले चुनाव जितेका छन्।

अध्यक्षका निकटतम् प्रतिस्पर्धी माधव बास्तोलालाई २ सय ४ मतअन्तरले पराजित गर्दै निर्वाचित बैनबहादुरले कुल खसेको ९ सय १५ मतमा ५ सय ५१ मत प्राप्त गरे। बास्तोलाले ३ सय ४७ र विवेक त्रिपाठीले १७ मत ल्याए। जिल्लाको चुनावमा खगराज-पृथ्वीसुब्बा निकट प्यानलका उम्मेदवार प्रतिस्पर्धामा रहँदा अध्यक्षमा त्रिपाठी स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडेका थिए।

उपाध्यक्ष पदमा खगराजनिकट भेषराज बराल निर्वाचित भए। उनले ५ सय २७ मत प्राप्त गर्दा उपाध्यक्षका प्रत्यासी शिवप्रसाद आचार्यको पक्षमा ३ सय ८८ मत परेको छ।
खगराज निकटकै दर्शन लामा सचिव चुनिए। उनले सुरेन्द्र गुरुङलाई हराएका हुन्। लामाले ५ सय ९५ मत प्राप्त गर्दा गुरुङले ३ सय २० मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत भगवती पहारीले जानकारी दिइन्।

उपसचिवमा लालबहादुर परियार ५ सय ८१ मत प्राप्त गर्दै निर्वाचित हुँदा प्रत्यासी गीतादेवी विश्वकर्माले ३ सय ३४ मत ल्याइन्। उपसचिव (महिला) मा सन्तुदेवी सुवेदी निर्वाचित भइन्। सन्तुदेवीले ५ सय १० प्राप्त गर्दा राधिका शाही योगीले ३ सय ४४ र संगीता सुवेदीले ६१ मत मात्र ल्याए।

२०७४ सालको आमनिर्वाचनयता गण्डकी प्रदेशमा दुवै गुट हावी हुँदै आएको पाइन्छ। जसको असर गत वर्ष पोखरा महानगरपालिकाको मेयरको चुनावमा समेत परेको थियो। अधिकारीनिकट मानिने केन्द्रीय सदस्य कृष्ण थापा र राजीव पहारी तथा गुरुङनिकट मानिने अर्का केन्द्रीय सदस्य जगतबहादुर विश्वकर्मा र निवर्तमान जिल्ला अध्यक्ष मनबहादुर गुरुङ खुलेरै आफ्नो पक्षमा भोट मागेको देखिन्थ्यो।

१ सय २१ सदस्यीय कार्यसमितिमा खुलातर्फ ५ जिल्ला सदस्यमा मोहन सुवेदी (६१९), तोरणबहादुर बानियाँ (५७७), झपट रानाभाट (५६७), इमानराज पौडेल (५३५) र बलराम पौडेल (५०८) निर्वाचित भए।

महिला सदस्यमा उषा बरुवाल (५२९), विष्णु सुवेदी (५०५) र कल्पना भुँवाजी क्षेत्री (४९७) चुनिए। जिल्ला सदस्य युवामा ११ जना निर्वाचित भए। ३५ जना प्रतिस्पर्धामा रहेकोमा रामचन्द्र तिमिल्सिना (आरसी) (५०१), इ.सुनिल तिमिल्सिना (४९६), अमृत ढकाल (४८०), ईश्वर अधिकारी (४७७), प्रदीप गुरुङ (४७६), सुनिल गुरुङ (४६२), कार्लोस गुरुङ (४५६), निरेश अधिकारी (४३८), योगेन्द्र पौडेल क्षेत्री (४३४), विश्वज्योति सुवेदी (४१५) र विक्रम रायमाझी (४१४) निर्वाचित भए।

६ जना सदस्य जिल्ला युवा (महिला) मा शोभा गुरुङ (६५९), देविका गिरी (५२१), मेलिना नेपाली (५१७), क.रिना थापा (५०७), लीलादेवी नेपाली (४९१), रेनु शर्मिला मिजार (४५७) निर्वाचित भए। जनजातितर्फ ४ जनामा बैनबहादुर गुरुङ (४९१), ऋषभ तिमिला (५४६), कृष्णकुमार श्रेष्ठ (५०६) र ढोलबहादुर गुरुङ (४९५) चुनिए। जनजाति महिलामा पुष्पा पहारी घले (५३५), बिना लोहनी तामाङ (४८१) र बुद्धिकुमारी मगर (४७२) निर्वाचित भए। अल्पसंख्यकमा कमलबहादुर भुजेल (५२६) निर्वाचित भए।

अल्पसंख्यक महिलामा चन्द्रा जिसी (चन्द्रकुमारी थापा घर्ती) (५१९) निर्वाचित भइन्। मजदुर सदस्यमा नन्दलाल अधिकारी (५६४) र विजय केसी (५६३), मजदुर जिल्ला (महिला) मा पम्फा पहारी (५७८), दलितमा सरस्वती परियार (५६४), भीमबहादुर नेपाली (५३२), हरिबहादुर सुनार (५१३), शोभियत परियार (४९९), लालसिंह विश्वकर्मा (घताने) (४८५) र नीराजन बिक (४५३) गरी ६ जना चुनिए। दलित (महिला) मा कोपिला दियाली (४८२), विष्णु नेपाली (४७७) र रमा नेपाली (सर्किनी) (४६९), विद्यार्थीमा महेन्द्र उपाध्याय (मन्नु) (४९७) निर्वाचित भए।

पालिकातर्फ अन्नपूर्ण खुलामा कृष्णबहादुर केसी, गौरीप्रसाद सुवेदी, नवीन गिरी, महेश्वर पौडेल, महिलामा जगनमाया गुरुङ, लीला अधिकारी देवकोटा, माछापुच्छ्रेमा खुलातर्फ इन्द्रप्रसाद गौतम, कृष्णप्रसाद दवाडी, विष्णुप्रसाद केसी र विष्णु पोखरेल, महिलामा कृष्णकुमारी दवाडी, देउताकुमारी गुरुङ, मादी खुलामा खेमराज सापकोटा, बालकृष्ण गुरुङ, हरिबोल गौतम, पसबहादुर बास्तोला र तेजनाथ बराल छन्। रुपा खुलामा नवराज बराल, पुष्पराज सुवेदी र रोशनलाल गुरुङ छन्।

क्षेत्र १ (क) पोखरामा सूर्यमणि लामिछाने, कृष्णप्रसाद अधिकारी, कमलबहादुर थापा र रमेश रानाभाट, महिलातर्फ तिलकुमारी थापा र मेनुका श्रेष्ठ, क्षेत्र १ ख पोखरामानीलकण्ठ सिग्देल, बालकृष्ण शर्मा, एकेन्द्र कुँवर र वीरबहादुर थापा, महिलातर्फ विजया सुवेदी शर्मा र इन्दिरा आचार्य, क्षेत्र २ क पोखरामा कृष्णबहादुर थापा, सुवास ढुंगाना, पुरुषोत्तम रेग्मी र वसन्तराज आचार्य, महिलातर्फ सीताकुमारी काफ्ले, रमादेवी आचार्य, क्षेत्र २ ख पोखरामा कमलबहादुर श्रेष्ठ गंगाबहादुर केसी, सुवास अधिकारी र नारायणप्रसाद बास्तोला, महिलामा कमलादेवी गिरी र कल्पना गौतम, क्षेत्र ३ क पोखरामा सुरेन्द्रमान सिंह भण्डारुी, ठाकुरप्रसाद सुवेदी, राजु शर्मा तिमिल्सिना र घनश्याम तिम्सिना, महिलातर्फ शारदाकुमारी पराजुली, भोजकुमारी थापा, क्षेत्र ३ ख पोखरातर्फ चेतबहादुर खत्री, बलराम पहारी, उज्ज्वल खत्री र मनोहरि त्रिपाठी, महिलामा रमा कोइराला र कविता गिरी निर्वाचित भए।

लेखा समिति अध्यक्षमा वैकुण्ठनाथ आचार्य, उपाध्यक्ष हरि बास्तोला, सचिव महेश पौडेल, सदस्य खुलातर्फ बोधराज त्रिपाठी र यामनाथ पौडेल, महिलातर्फ निर्मला पौडेल र पार्वती ढुंगाना निर्वाचित भए।

४५ क्लस्टरमध्ये विभिन्न क्लस्टरबाट ७ जना निर्विरोध भएका थिए। निर्विरोध हुनेमा अपांगतातर्फ गंगाबहादुर खड्का, बुद्धिजीवीमा दुर्गा भण्डारी र विजय शर्मा, मादी गाउँपालिका (महिला) मा कल्पना गुरुङ र विष्णुमाया पौडेल तथा रुपा (महिला) मा कशिरन मियाँ र हिताकुमारी रुपाखेती ‘सार्की’ हुन्। १० प्रतिशत मनोनीत हुने व्यवस्था छ।

नवनिर्वाचित अध्यक्ष तथा लेखा समितिका अध्यक्षलाई बुधबार नै प्रमुख निर्वाचन अधिकृत भगवती पहारीले पद तथा गोपनीयताको शपथ खुवाइन्। निर्वाचित बैनबहादुर अधिकारी क्षेत्रीले आफू पार्टीको एक सिपाही भएको बताउँदै सम्पूर्णलाई धन्यवाद दिए।

शनिबार एमाले महासचिव शंकर पोखरेलले अधिवेशन उद्घाटन गरेका हुन्। मंगलबार रातिदेखि सुरु भएको मतदानमा एक जना मतदाताले भोटिङ गर्दा बढीमा ५५ मिनेटसम्म लगाउँदा चुनावी प्रक्रिया लम्बिएको थियो। मतदान बुधबार दिउँसो ४ बजेमात्र सम्पन्न भएको निर्वाचन समिति सदस्य विष्णुप्रसाद पौडेलले बताए।

प्रकाशित: १४ चैत २०८० २२:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 7 =