यी हुन् नेपालबाट सबैभन्दा निर्यात हुने ५ उत्पादन

हिमाल प्रेस १३ चैत २०८० ८:४४
4
SHARES
यी हुन् नेपालबाट सबैभन्दा निर्यात हुने ५ उत्पादन फाइल तस्बिर।

काठमाडौँ- मुलुकमा उत्पादन हुने मुख्य पाँच वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।

व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन–फागुन) मा जुस, प्लाइउड, आइरन तथा स्टिल उत्पादन, सिमेन्ट, क्लिंकर, अदुवा रहेका छन्।

मुलुकबाट आयात निर्यात दुवै घटिरहेका बेला ती वस्तुको निर्यातमा भने उल्लेखीय वृद्धि भएको हो। अन्तर्राष्ट्रिय बजारमा पाँच वस्तुको माग उच्च रहेकाले पनि निर्यातमा वृद्धि भएको हो।

केन्द्रको तथ्यांक अनुसार आठ महिनामा ती वस्तुको निर्यात २५ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ बराबरको भएको तथ्यांकले देखाएको छ।

मुलुकबाट अन्य वस्तुको निर्यात घटिरहेको बेला पाँच वस्तुको निर्यातमा भने उल्लेख्य वृद्धि भएको छ ।

केन्द्रको तथ्यांक अनुसार आठ महिनामा नेपालबाट सबैभन्दा धेरै आइरन तथा स्टिलका उत्पादन ७४ प्रतिशतले बढेर ११ अर्ब ६३ करोड ९२ लाख रुपैयाँ बराबरको निर्यात भएको छ।

गत वर्षको सो अवधिमा आइरन तथा स्टिलको निर्यात छ अर्ब ६७ करोड ३० लाख रुपैयाँ बराबरको भएको थियो।

यस्तै आठ महिनामा मुलुकबाट प्लाइउडको निर्यात ९१ प्रतिशतले बढेर चार अर्ब ९३ करोड ९८ लाख ४८ हजार रुपैयाँ बराबरको आयात भएको छ।

गत वर्ष सो अवधिमा दुई अर्ब ५८ करोड १६ लाख रुपैयाँ बराबरको निर्यात भएको छ। प्लाइउड छिमेकी मुलुक भारतमा निर्यात हुने गरेको छ।

भारतमा प्लाइउडको माग उच्च भएकाले निर्यातमा समेत उल्लेख्य वृद्धि भएको हो । नेपालको प्लाइउड उच्च गुणस्तरको हुने भएकाले नि भारतमा बढी आउने गरेको व्यवसायीको भनाइ छ ।

यस्तै मुलुकबाट जुस निर्यात ३९ प्रतिशतले बढेर पाँच अर्ब ३३ करोड ४१ लाख रुपियाँ बराबरको निर्यात भएको छ । गत वर्ष सो अवधिमा तीन अर्ब ८२ करोड रुपैयाँको जुस निर्यात भएको थियो।

यस्तै आठ महिनामा दुई अर्ब ४७ करोड १७ लाख रुपैयाँ बराबरको क्लिंकर तथा सिमेन्ट निर्यात भएको छ।

गत वर्ष सो अवधिमा १९ करोड ४१ लाख १८ हजार रुपैयाँको समेन्ट र क्लिंकर निर्यात भएको थियो।
मुलुकबाट अदुवाको निर्यात ३९ प्रतिशतले बढेर एक अर्ब ३२ करोड २१ लाख रुपियाँ बराबरको भएको छ । गत वर्ष सो अवधिमा ७३ करोड ७७ लाख रुपियाँ बराबरको निर्यात भएको थियो।

नेपालबाट निर्यात हुने अधिकांश सामानहरू छिमेकी मुलुक भारतबाट निर्यात हुने गर्छन् । नेपालमा आयात हुने अधिकांश सामान भारतबाट आयात हुने गर्छन्।

मुलुकबाट आठ महिनामा कुकुर र बिरालोको आहारमा छुर्पीलगायतको निर्यातमा समेत वृद्धि भएको छ । यस्तै तयारी गार्मेन्टको, चाउचाउ र पास्ताको निर्यातमा समेत सामान्य वृद्धि भएको तथ्यांकले देखाएको छ।

यस्तै दालको निर्यातमा समेत वृद्धि भएको छ । मुलुकमा उत्पादन हुने अन्य वस्तुहरूको निर्यातमा भने कमी आएको छ ।

यस्तै स्वदेशी उत्पादन अलैँची र चियाको निर्यातमा समेत सामान्य कमी आएको छ । आठ महिनामा अलैँचीको निर्यात ११ प्रतिशतले घटेर पाँच अर्ब १७ करोड ४५ लाख ७० हजार रुपियाँ बराबरको निर्यात भएको छ।

यस्तै चियाको निर्यातसमेत ११ प्रतिशतले घटेर दुई अर्ब ४६ करोड ३४ लाख ६५ हजार रुपियाँ बराबरको निर्यात भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा माग घटेकाले अलैँची र चियाको निर्यातमा गिरावट आएको हो । चालु आवको सुरुवातदेखि निर्यात बढ्दै गएकोमा पछिल्लो समयमा आएर अलैँचीको निर्यातमा कमी आएको छ ।

आठ महिनामा स्वदेशी वस्तुको कुल निर्यात चार प्रतिशतले घटेर एक खर्ब ६१ करोड रुपियाँमा झरेको छ । गत वर्ष सो अवधिमा एक खर्ब चार अर्ब रुपियाँको निर्यात भएको थियो ।

प्रकाशित: १३ चैत २०८० ८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =