चितवनमा १ लाख ९३  हजार बालबालिकाले लगाए दादुरा-रुबेला खोप

हिमाल प्रेस १२ चैत २०८० १९:४३
14
SHARES
चितवनमा १ लाख ९३  हजार बालबालिकाले लगाए दादुरा-रुबेला खोप

चितवन- जिल्लाका १ लाख ९३ हजार ३ सय ७४ बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लामा दिएको लक्ष्यभन्दा ३३ हजार बढी बालबालिकाले खोप लगाएका हुन्।

जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी इन्द्रमणि भण्डारीका अनुसार केन्द्रले जिल्लामा रहेका १ लाख ६० हजार ४९४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य दिइएको थियो। उनका अनुसार केन्द्रको लक्ष्यभन्दा २० दशमलब ५ प्रतिशत बढी बालबालिकाले खोप लगाएका हुन्।

गत फागुन १३ गतेदेखि चैत ७ गतेसम्म सञ्चालित खोप अभिायनका क्रममा जिल्लाका सात पालिकामा ९ महिना देखि १५ वर्षसम्मका बालबालिकाहरूलाई खोप लगाइएको थियो।

उनका अनुसार ६४६ खोप केन्द्रबाट उनीहरूलाई खोप दिइएको हो। अभियानकै क्रममा नियमित खोप छुटेका २ सय हाराहारी बालबालिकालाई छुट खोप दिइएको छ। अभियानमा १ हजार ६ सय स्वास्थ्यकर्मी र दुई हजार दुई सय स्वंयसेवक परिचालन गरिएको थियो।

अभियानलाई दुई चरणमा विभाजन गरेर सञ्चालन गरिएको थियो। जिल्लामा २०७९ मंसिर ३ गतेदेखि २०८० पुस १५ गतेसम्म ५२ जनामा दादुरा रुबेला रोगको सङ्क्रमण देखिएको थियो। रासस

प्रकाशित: १२ चैत २०८० १९:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =