लोहनी, श्रेष्ठ र तुलाधरलाई वानीरा पुरस्कार

हिमाल प्रेस ९ चैत २०८० १७:१०
6
SHARES
लोहनी, श्रेष्ठ र तुलाधरलाई वानीरा पुरस्कार प्रा. पुष्कर लोहनी, मदनदास श्रेष्ठ र अनिता तुलाधर।

काठमाडौँ- सात दशकदेखि सिर्जनामा समर्पित रही कविता, कथा, उपन्यास र समालोचनाको समृद्धिमा उल्लेख्य योगदान पुर्‍याएबापत प्रा. पुष्कर लोहनीलाई ‘वानीरा प्रज्ञापुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ।

वानीरा फाउन्डेसनको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो। यसैगरी नेपाली रंगमञ्च तथा चलचित्रकलामा विगत ६ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेबापत नाट्यभूषण मदनदास श्रेष्ठलाई ‘वानीरा शंकर पुरस्कार’ समर्पण गर्ने निर्णय भएको फाउन्डेसनले जनाएको छ।

यी दुवै पुरस्कारका राशि जनही एक लाख रुपैयाँ रहेका छन्।

साथै कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत अनिता तुलाधरलाई पचास हजार रुपैयाँ राशिको ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ।

गिरीको ८१ औँ जयन्तीका अवसरमा आगामी वैशाख २८ गते काठमाडौँको मीनभवनस्थित वानीरा फाउन्डेसनको सभाकक्षमा यी पुरस्कार समर्पण गरिने फाउन्डेसनले जनाएको छ।

प्रकाशित: ९ चैत २०८० १७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + ten =