आईपीएल आजबाट, पहिलो खेल चेन्नई र बैंगलोरबीच

हिमाल प्रेस ९ चैत २०८० १०:०५
6
SHARES
आईपीएल आजबाट, पहिलो खेल चेन्नई र बैंगलोरबीच

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करण आजदेखि सुरु हुँदैछ। पहिलो खेल चेन्नई सुपर किंग्स (सीएसके) र रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) बीच हुनेछ। खेल बेलुका ८ बजेदेखि चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुनेछ।

यी दुईबीच अहिलेसम्म जम्मा ३१ खेल भइसकेका छन्। जसमा चेन्नईले २० पटक जितेको छ भने बेंगलुरुले १० पटक। सीएसकेले अहिलेसम्म १० फाइनल खेलेको छ। २००९, २०११, २०१२, २०१८, २०१९, २०२०, २०२२ र २०२३ मा भएकाे खेलमा सीएसकेले ५ उपाधि जितेको छ।

आरसीबीले १६ सिजनमा तीनवटा फाइनल खेलेको छ तर अझै उपाधिको खोजीमा छ। उद्घाटन खेलअघि महेन्द्र सिंह धोनीले चेन्नईको कप्तानी छोडेका छन्। उनको स्थानमा युवा ऋतुराज गायकवाड नयाँ कप्तान बनेका छन्।

प्रकाशित: ९ चैत २०८० १०:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 20 =