विश्व शान्तिका लागि लुम्बिनी सम्मेलन

हिमाल प्रेस ८ चैत २०८० २१:४०
22
SHARES
विश्व शान्तिका लागि लुम्बिनी सम्मेलन

लुम्बिनी- ‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नाराका साथ लुम्बिनी सम्मेलन (कन्क्लेभ) बिहीबारदेखि सुरु भएको छ। सम्मेलन परराष्ट्र मन्त्रालय र अन्तर कन्सुलर कर्पस नेपालको संयुक्त आयोजनामा जन्मस्थल लुम्बिनीमा शान्ति र समृद्विलाई केन्द्रमा राखेर सम्मेलन लुम्बिनीमा सुरु भएकाे हाे। सम्मेलनकाे बिहीबार साँझ उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन्।

उद्घाटन समाराेहमा बाेल्दै परराष्ट्रमन्त्री श्रेष्ठले लुम्बिनी बुद्व जन्मस्थल मात्रै नभई बाैद्ध दर्शनकाे उद्गम भूमि रहेकाे बताए। उनले बुद्व र लुम्बिनीलाई अलग बुद्धका शिक्षाले विश्वमा शान्ति स्थापनामा महत्त्वपूर्ण विश्वले अंगीकार गर्नुपर्ने बताए। लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभएर बुद्ध धर्मको मुहान पनि रहेकाे समेत उनले बताए।

उनले नेपाल जटिल भूराजनीतिक चुनौतीहरूको बीचमा रहेकाे बताउँदै विश्वमा देखिएकाे द्वन्द्वलाई धुव्रीकृत गर्दै शान्तिमा रूपान्तरण गर्नुपर्ने बताए। विश्वमा देखा परेकाे द्वन्द्वले विश्वव्यापी आर्थिक संकट र असमानतालाई बढाइरहेको समेत उनले बताए।

शान्ति र समृद्धिको एजेण्डामा सम्मेलन गर्ने सबैभन्दा उत्तम ठाउँ लुम्बिनी रहेकाे बताए। ‘शान्ति र समृद्धिका लागि लुम्बिनीकाे विकल्प अरू हुन सक्दैन,’ परराष्ट्रमन्त्री श्रेष्ठले भने। लुम्बिनीबाट शान्तिको उद्गम थलाेसँगै मानवता, सुख, कल्याण र मुक्तिको खोजमा आफ्नो जीवन समर्पण गर्ने बुद्ध जन्माएकाे पवित्रस्थल रहेकाे बताए। उनले चार महिनाअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले लुम्बिनी भ्रमण गरेकाे स्मरण गर्दै भगवान बुद्धका शिक्षाहरू प्रतिबिम्बित गर्ने ठाउँका रूपमा व्याख्या गरे।

सम्मेलन शुभारम्भमा लुम्बिनी म्युजियम इनिसियटिभका संस्थापक तथा कार्यकारी निर्देशक सुम्मिना उदासले प्रस्तुति राख्दै बुद्ध जन्मस्थल लुम्बिनी विश्वका शान्ति मार्गीहरूकाे आस्थाकाे केन्द्र भएकाे बताइन्।

सम्मेलनमा बुद्विजम आर्ट इन नेपलिज आर्टका प्राेफेर डा. नरेश शाक्य, पदम ज्याेतिले बाेल्दै लुम्बिनीमा गैरआवासीय राजदूतहरूलाई स्वागत गरे। सम्मेलनमा विभिन्न देशका गैरआवासीय राजदूतहरू एकै पटक लुम्बिनीमा आएर बुद्ध, शान्ति र समृद्धका विषयमा छलफलमा सहभागी भएका छन्।

सम्मेलन अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस,आयरल्यान्ड, स्पेन, लाट्भिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू सहभागी छन्। बिहीबार दिउँसो बुद्ध एयरको जहाजमा भैरहवा आएका उनीहरू बुटवलस्थित लुम्बिनी केबल कारकाे भ्रमण गरेका थिए।

सम्मेलनमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवर्द्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्त्वलगायतका विषयमा छलफल र प्रस्तुति गरिने जनाइएकाे छ। शुक्रबार लुम्बिनी भ्रमण गर्ने कार्यसूची रहेकाे छ। त्यसपछि टाइगर रिसाेर्टमा छलफल गरी सम्मेलन सकिनेछ।

प्रकाशित: ८ चैत २०८० २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =