अब ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला

हिमाल प्रेस ७ चैत २०८० १६:१२
14
SHARES
अब ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला काठमाडौँको ठमेल। फाइल तस्बिर।

काठमाडौँ- सरकारले काठमाडौँको पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला राख्न गृहकार्य अघि बढाएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा ठमेल र दरबारमार्ग बजार क्षेत्र चौबीसै घण्टा खुलाउने तयारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।

ती क्षेत्रमा सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौँले लिनेछ। जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउने बस्नेतले बताए। उनले भने, ‘आन्तरिक तयारी सुरु भइसक्यो। ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै खुला हुन्छ। सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ।’

बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्ने बस्नेतले बताए। ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः चौबीसै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ। सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ।

ठमेल र दरबारमार्ग क्षेत्रमा चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ।

प्रकाशित: ७ चैत २०८० १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 11 =