इलाम २ उपनिर्वाचन : रास्वपाले माग्यो उम्मेदवारीका लागि आवेदन

हिमाल प्रेस ७ चैत २०८० ५:४५
इलाम २ उपनिर्वाचन : रास्वपाले माग्यो उम्मेदवारीका लागि आवेदन रास्वपा केन्द्रीय कार्यालय । फाइल तस्बिर।

काठमाडौँ- आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले आवेदन माग गरेको छ।

रास्वपाले इलाम २ बाट उठ्ने स्थानीय उम्मेदवार भेट्टाउन नसकेपछि आवेदन माग गरेको हो।

इलाम क्षेत्र नं। २ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा रास्वपाका तर्फबाट भाग लिने उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन आवेदन मागिएको हो।

रास्वपाले उम्मेदवार चयन गरिने प्रारम्भिक निर्वाचनको कार्यक्रम तालिका पनि पार्टी सदस्यहरूका लागि सार्वजनिक गरेको छ।

यस्तो छ तालिका
१.⁠उम्मेदवारी दर्ता, २०८० चैत ६ देखि १४ गते, दिउँसो १।०० बजे सम्म

२.⁠ ⁠प्रारम्भिक उम्मेदवारहरुको नामावली प्रकाशन, २०८० चैत १४ गते, साँझ ८।०० बजे सम्म
३.⁠ ⁠प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोध, २०८० चैत १४ देखि १५ गते, बिहान १।०० बजे सम्म
४⁠ ⁠उम्मेदवारसँग छलफल, २०८० चैत १५ गते, साँझ ५।०० बजे सम्म
५.⁠ ⁠उम्मेदवारको अन्तिम नामावली प्रकाशन, २०८० चैत १५ गते, साँझ ८।०० बजे सम्म
६.⁠ ⁠मतदानरनिर्णय, २०८० चैत १६ गते, साँझ ७।०० बजे सम्म
७.⁠ ⁠नतिजा प्रकाशन, २०८० चैत १७ गते, दिउँसो १।०० बजे

प्रकाशित: ७ चैत २०८० ५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 11 =