रुखबाट लडेर नीलकण्ठ-१० का वडा सदस्यको निधन

हिमाल प्रेस ६ चैत २०८० २२:१६
24
SHARES
रुखबाट लडेर नीलकण्ठ-१० का वडा सदस्यको निधन प्रतीकात्मक तस्बिर।

मलेखु (धादिङ)- नीलकण्ठ नगरपालिका-१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ।

दाउरा काट्ने क्रममा आज (मंगलबार) रुखबाट लडेर वडा सदस्य तिमिल्सिनाको मृत्यु भएको वडाध्यक्ष सरोज पाण्डेले जानकारी दिए।

रुखबाट लड्नेबित्तिकै उपचारका लागि धादिङ अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष पाण्डेले जानकारी दिए। वडा सदस्य तिमिल्सिना गत निर्वाचनमा खुलातर्फ वडा सदस्यमा निर्वाचित भएका थिए।

वडा सदस्यको निधन भएको शोकमा नीलकण्ठ नगरपालिकाले भोलि बुधबार नगरपालिकामा बिदा दिने निर्णय गरेको छ। नीलकण्ठ–१० का वडा सदस्य तिमिल्सिनाको निधनमा नगरपालिका तथा मातहतका वडा कार्यालयमा एक दिनका लागि शोक बिदा दिने निर्णय गरेको हो।

प्रकाशित: ६ चैत २०८० २२:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + six =