अध्यागमन विभागको महानिर्देशकमा कोषहरि, ११ जिल्लाका सीडीओको सरुवा

हिमाल प्रेस ६ चैत २०८० १३:४९
14
SHARES
अध्यागमन विभागको महानिर्देशकमा कोषहरि, ११ जिल्लाका सीडीओको सरुवा

काठमाडौँ- गृह मन्त्रालयले सह-सचिवहरूको सरुवा गरेको छ। गृहमन्त्री रवि लामिछानेले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई पठाएका छन्।

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी विवादमा तानिएपछि पद रिक्त थियो।

गृहले मंगलबार सहसचिव निरौलालाई अध्यागमन विभागमा पदस्थापन गरेको हो।

यस्तै संखुवासभा, अर्घाखाँची, लमजुङ, ओखलढुंगा, रोल्पा, जाजरकोट, धनुषा, खोटाङ, कैलाली, दार्चुला, तेह्रथुम र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी सरूवा भएका छन्।

संखुवासभामा ध्रुवबहादुर खड्का, अर्घाखाँचीमा सूर्यबहादुर खत्री, लमजुङमा बुद्धबहादुर गुरूङ, ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी, जाजरकोटमा ऋषिराज आचार्य, धनुषामा रामुराज कडरिया, खोटाङमा शिवकुमार कार्की, कैलालीमा किरण जोशी, दार्चुलामा यज्ञराज जोशी, तेह्रथुममा मीना अर्याल र ताप्लेजुङमा रवीन्द्र आचार्य सिडिओ भएका छन्।

प्रकाशित: ६ चैत २०८० १३:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =