नेपाल लाइफद्वारा एएमएल सीएफटीसम्बन्धी तालिम

हिमाल प्रेस ६ चैत २०८० १२:४९
नेपाल लाइफद्वारा एएमएल सीएफटीसम्बन्धी तालिम

काठमाडौँ– जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशनअनुसार सञ्चालक समितिका सदस्य तथा विभागीय प्रमुखहरुलाई एएमएल सीएफटीसम्बन्धी तालिम प्रदान गरेको छ।

धुलिखेलस्थित सोल्टी वेस्टइन्ड रिसोर्टमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा पछिल्लो समय नेपालको पारस्परिक मूल्याकंन प्रतिवेदनले इन्स्योरेन्स क्षेत्रसँग सम्बन्धित उठान गरेका विषयहरु र अवलम्बन गर्नुपर्ने रणनीतिको बारेमा प्रकाश पारिएको इन्स्योरेन्सले जनाएको छ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसँग नेपालमा घटित कसुरका र उक्त कसुरहरुबाट प्राप्त भएका सिकाईहरूले आगामी दिनमा त्यस्ता घटनाहरु न्यूनीकरण गर्नका निम्ति कम्पनीलाई सहज हुने विश्वास कम्पनीले गरेको छ।

कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन तथा नियम अक्षरसः पालना गर्नका निम्ति तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए।

 

प्रकाशित: ६ चैत २०८० १२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =