उदयपुर जिप दुर्घटना अपडेट : एक बालकसहित आठको मृत्यु

हिमाल प्रेस १ चैत २०८० १५:४५
26
SHARES
उदयपुर जिप दुर्घटना अपडेट : एक बालकसहित आठको मृत्यु

इटहरी- धरानबाट भोजपुरको दक्षिण घोरेटारका लागि गुडेको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार सात जनाको घटनास्थलमा र एकजनाको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा ९ जना घाइते भएका छन्।

मृत्यु हुनेमा हतुवा-२ का मानबहादुर बस्नेत, दिशान राई, चन्द्रप्रकाश राई र पर्वतमाया राई, हतुवा-५ का रामकुमारी राई (ममता) र किसन राई, सुनसरीको बराहक्षेत्र-३ पदमबहादुर थापा र इटहरीकी कमला अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले बताए।

मृतक दिशान राई ६ महिनाका बालक हुन्। सात जनाको घटनास्थलमा र किसन राईको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो

घाइते हुनेमा विशेष पराजुली, शारदा राई, मिनु राई, शान्तिकला राई, सबिना परियार, गायत्री थापा कटुवाल, रमा थापा, सुशील परियार, कुलबुङ राई र निकिता कटुवाल छन्। उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
को१ज २५९३ नम्बरको जिप बिहीबार १ः३० बजेतिर उदयपुरको बेलका–७ बाखाकुवामा दुर्घटना भएको हो। ओरालो सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले पनि दुर्घटनामा भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रकाशित: १ चैत २०८० १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =