चैतमा पनि घट्यो बैंकको ब्याजदर

हिमाल प्रेस ३० फागुन २०८० १०:५१
40
SHARES
चैतमा पनि घट्यो बैंकको ब्याजदर सांकेतिक तस्बिर

काठमाडौँ- चैत महिनामा पनि अधिकांश बाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन्। फागुन महिनामा २० वटा बाणिज्य बैंकले व्यक्तिगत मुद्धति निक्षेपमा औषत ७.७५ प्रतिशत ब्याजदर दिएका थिए।

चैतमा एनआईसी एशिया बैंकले ब्याजदर बढाएको छ भने ग्लोबल आइएमई र प्रभु बैंकले भने यथावत राख्दा बाँकी १७ बैंकले ब्याजदर घटाएका छन्।

चैतमा भने त्यस्तो ब्याजदर घटेर ७.२५ प्रतिशतमा सीमित भएको छ।

बैंकहरूले चैत महिनाका लागि फागुनको तुलनामा औषत ब्याजदर ०.५ प्रतिशतले बिन्दुले घटाइएको जानकारी दिएका छन्। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई हरेक महिनाको मसान्तभित्रै आगामी महिनाको ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।

बैंकहरूले त्यसरी हरेक महिना नयाँ ब्याजदर तोक्दा अघिल्लो महिनाको ब्याजदरमा १० प्रतिशतसमम बढाउन वा घटाउन पाउने व्यवस्था छ।

फागुनमा बैंकहरूले अधिकतम साढे ८ प्रतिशत ब्याजदर प्रदान गरेका थिए। संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने औसत शून्य दशमलव ३.७५ प्रतिशत बिन्दुले घटेको थियो।

फागुनमा पनि बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपमा औसत शून्य दशमलव ४० प्रतिशत बिन्दु घटेको छ। फागुनमा व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरूको औसत ब्याजदर ७.७५ प्रतिशत कायम भएको छ। तर, माघ महिनामा भने यस्तो ब्याजदर ८.१६ प्रतिशत र गत पुसमा ८.९६ प्रतिशत रहेको थियो।

एनआईसी एसिया बैंकले भने फागुनको तुलनामा चैतमा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएर ८.५४८ प्रतिशत बनाएको छ। यो नै चैत महिनाका लागि बैंकहरुले व्यक्तिगत मुद्धति निक्षेपमा दिने सर्वाधिक ब्याजदर हो।

बैंकहरूले साउन महिनादेखि नै ब्याजदर सम्बन्धी भद्र सहमति छाडेर आवश्यकता अनुसार ब्याजदर घटाउने वा बढाउन पाउने व्यवस्था गरेका थिए।

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामार्फत संस्थागत निक्षेप कर्ताहरुलाई २ प्रतिशत कम ब्याज दिनुपर्ने पुरानो व्यवस्थाको सट्टा १ प्रतिशत मात्रै कम ब्याजदर दिन पाउने सुबिधा दिएको थियो। यसले बीमा कम्पनीहरुलाई फाइदा पुगेको छ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दति निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै बनाउन नपाउने नियम लागू गरेको छ।

प्रकाशित: ३० फागुन २०८० १०:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seventeen =