साओमीको इन्ट्री लेभल रेड्मी ए थ्री स्मार्टफोन नेपालमा

हिमाल प्रेस २८ फागुन २०८० १६:०१
साओमीको इन्ट्री लेभल रेड्मी ए थ्री स्मार्टफोन नेपालमा

काठमाडौँ- ग्लोबल टेक्नोलोजी लिडर साओमीले नेपाली बजारमा रेड्मी ए थ्री ल्याएको छ। रेड्मी ए थ्री बिक्री सुरु गरेपछि साओमीले आफ्नो इन्ट्री लेभल लाइनअपलाई झनै विस्तार गरेको छ।

रेड्मी ए थ्री स्मार्टफोन ६.७१ इन्च एचडी प्लस डिस्प्ले र डुअल रियर क्यामेरा सेटअप सहित कोर्निंग ® गोरिल्ला ® ग्लास ३ को सुरक्षा सहित सञ्चालित छ। १० वाट फास्ट चार्जिङ र ५००० एमएच ब्याट्रीको साथ रेड्मी ए थ्रीलाई युएसबी टाइप सी मा चार्ज गर्न सकिनेछ। ग्लास ब्याक र लेदर टेक्सचर ब्याक गरी दुईवटा ब्याक डिजाइन भेरियन्टमा उपलब्ध स्र्माटफोनमा साइड फिंगरप्रिन्ट स्क्यानरजस्ता सुरक्षाका सुविधा उपलब्ध छन्।

सओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वी भने, ‘ग्राहकहरु माझ रेड्मी ए थ्री प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ। प्रभावशाली प्रदर्शन, उत्कृष्ट डिस्प्ले र एआई डुअल क्यामेराको साथ रेड्मी ए थ्री मा इन्ट्री लेभल स्मार्टफोनमा हुनुपर्ने सबै फिचर उपलब्ध छ।’

रेड्मी ए थ्रीमा ओलिभ ग्रिन, मिडनाइट ब्ल्याक र लेक ब्लू कलरमा ३ जीबी + ६४ जीबी र ४ जीबी + १२८ जीबी भेरियन्टमा उपलब्ध हुनेछ। ३ जीबी + ६४ जीबी र ४ जीबी + १२८ जीबीको मूल्य क्रमश रु. ११,९९९ र रु. १२,९९९ पर्नेछ।

प्रकाशित: २८ फागुन २०८० १६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + three =