कोका कोलाको सक्षम तालिमको तेस्रो संस्करण सुरु

हिमाल प्रेस २८ फागुन २०८० १५:४५
कोका कोलाको सक्षम तालिमको तेस्रो संस्करण सुरु

काठमाडौँ– कोका-कोलाको महिला उद्यमी सशक्तीकरण पहलअन्तर्गतको ʻसक्षम’ तालिमको तेस्रो संस्करण सुरु भएको छ। कम्पनीले विगत २ वर्षदेखि महिला उद्यमशीलतालाई प्रवर्धन गर्ने उद्देश्यले सक्षम तालिम सञ्चालन गरिरहेको बोटलर्स नेपालले जनाएको छ।

बोटलर्स नेपाल लिमिटेडका दीपक सेन्थिल नाथले भने, ‘सक्षमले महिला उद्यमीहरूको सीप बढाउन मात्र नभई उनीहरूको आत्मविश्वास बढाउन र समान विचार भएका महिलाहरूबीच सञ्जाल बनाउन पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। सक्षम तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा हामी समाजमा समावेशी व्यापारको वातावरण सिर्जना गर्न प्रतिबद्ध छौँ।’

सक्षमले साना तथा मझौला व्यवसायमा संलग्न महिला उद्यमीहरूको क्षमता अभिवृद्धि गर्न एक महत्त्वपूर्ण प्लेटफर्मको रूपमा काम गर्दै आइरहेको छ। सक्षमले नयाँ ज्ञान प्रदान गर्नुका साथै समस्या समाधानको उपायहरु पनि महिला उद्यमीलाई दिँदै आइरहेको छ। साथमा सक्षमले महिला स्टार्टअपलाई व्यापक सहायता प्रदानगर्दै कोका-कोलाको महिलाहरुको उद्यमशील यात्रामा सहयोग गर्ने प्रतिबद्धतालाई कायम गरेको छ।

कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले कम्पनीको विविधता र समावेशीकरणप्रतिको प्रतिबद्धतालाई प्रकाश पार्दै भनिन्, ‘सक्षम तेस्रो संस्करणले महिला उद्यमीहरुलाई अर्थतन्त्रमा समावेश गराउनुका साथै सुवर्ण अवसरहरू सिर्जना गर्नेछ। पहिलेका संस्करणहरुझैँ यस संस्करणले पनि नेपाली महिलाहरुको उद्यमशीलताको यात्रामा प्रभावशाली भूमिका खेल्नेमा हामी विश्वस्त छौँ।’

सक्षमले देशका २,००० भन्दा बढी महिलाहरूलाई उद्यमशीलता सम्बन्धी तालिम प्रदान गरी अर्थपूर्ण परिवर्तन ल्याइरहेको छ। कोका-कोलाको यस पहलको निरन्तरताले महिला उद्यमशीलतालाई झनै बढावा दिनेछ। कोका-कोला नेपालका सस्टेनेबिलिटी पार्टनर, एटेलियर प्लेटफर्मका संस्थापक रितु गुरुङ केसीले भनिन्, ‘सक्षम तेस्रो संस्करणको मुख्य लक्ष्य भनेको दिगो विकास हो। महिला उद्यमीलाई सशक्तीकरण गरी हामी दिगो र समतामूलक भविष्य निर्माण गर्नमा हामी प्रतिबद्ध छौँ।’

विगतमा झैँ यस संस्करणमा पनि कोका -काला नेपालको टिमले चयन गरेका १,००० जना महिला उद्यमीलाई तालिम प्रदान गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २८ फागुन २०८० १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 7 =