‘बद्री बहादुर’को गीत ‘पुलिस दाई’

हिमाल प्रेस २८ फागुन २०८० १३:५१
10
SHARES
‘बद्री बहादुर’को गीत ‘पुलिस दाई’

काठमाडौँ- फिल्म ‘बद्रीबहादुरः मिस्टर संखुवासभा’को पहिलो गीत ‘पुलिस दाई’ सार्वजनिक भएको छ। उपत्यकामा सोमबार कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो।

टंक बुढाथोकी र मिलन नेवारको स्वर रहेको गीतमा शिवम अधिकारीको शब्द छ। गीतमा गायक टंकले नै संगीत भरेका छन्। डान्सिङ गीतको भिडियोमा फिल्मका नायिका पूजा शर्मा र नायक सलोन बस्नेत अभिनीत छन्। सलोन पुलिसको भूमिकामा देखिएका छन्।

शोभित बस्नेत निर्देशित आगामी चैत २३ मा प्रदर्शन हुनेछ। हाँस्य विधामा आधारित फिल्ममा पूजा र सलोनसहित छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, शोभित बस्नेत, जयकिशन बस्नेत, धीरेन शाक्य, उत्तम केसी, लय संग्रौला, एलिना गुरुङलगायतको अभिनय छ।

फिल्ममा रामकाजी घिमिरेको लेखन छ। विजय गोपाल दली प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता मिथुन भोटे हुन्। फिल्मको कार्यकारी निर्मातामा सञ्चारकर्मी तथा चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका रवि अधिकारी छन्।

विनोद सापकोटाले छायांकन गरेको फिल्म बन्दे प्रसादले सम्पादन, शंकर महर्जनको द्वन्द्व निर्देशन छ। फिल्म एबी पिक्चर्स फार्म र सलोन सलीना फिल्मस‍्को ब्यानरमा निर्माण भएको छ।

 यस्ताे छ गीत

प्रकाशित: २८ फागुन २०८० १३:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 15 =