लिजेन्ड कप टी-१० प्रतियोगिता : पारस, ज्ञानेन्द्र र शक्तिसहितका खेलाडी मैदान फर्किदै

हिमाल प्रेस २८ फागुन २०८० ९:१५
14
SHARES
लिजेन्ड कप टी-१० प्रतियोगिता : पारस, ज्ञानेन्द्र र शक्तिसहितका खेलाडी मैदान फर्किदै

काठमाडौँ- तिलोत्तमा नगरपालिका-१७ पूर्व दरखसवामा निर्मित एक्स्ट्राटेक ओभल मैदानमा आज (सोमबार) एक्स्ट्राटेक लिजेन्ड कप टी–१० प्रतियोगिता हुँदैछ। ८ महिनामा निर्माण भएको एक्स्ट्राटेक ओभल मैदानमा अहिले १० बजेदेखि खेल सुरु हुँदैछ।

एकदिने प्रतियोगितामा लिजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरी चारवटा टोलीले प्रतिष्पर्धा गर्न लागेका छन्।

प्रतियोगितामा नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्दाको सहभागी खेलाडीको टोली लिजेन्ड्स ९६, विश्वकप २०१४ मा सहभागी टोली, रेस्ट अफ नेपाल तथा रुपन्देही लिजेन्ड्स टोली सहभागी हुने छन् ।

लिजेन्ड्स ९६ बाट एलवी क्षेत्री (कप्तान), पवन अग्रवाल, मनिषराज पाण्डे, राजु खड्का, सञ्जय गुरुङ, बसन्त शाही, किरण राणा, जगत टमटा, पुकार पन्त, विशाल गुप्ता लगायत सहभागी हुने छन्।

यसैगरी पारस खड्काको कप्तानीमा रहेको विश्वकप २०१४ को टोलीबाट ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, जितेन्द्र मुखिया, करन महतरा, ममता थापा, नविन घिमिरे र अविनाश कर्ण लगायत रहेका छन्।

लिजेन्ड्स-९६ बाट एलवी क्षेत्री (कप्तान) र २०१४ को विश्वकप टिम पारस खड्का (कप्तान) बीच हुनेछ। सोही खेल अहिले १० बजे सुरु हुनेछ। आजै रुपन्देही लिजेन्ड्स र रेस्ट अफ नेपालबीचको खेल दिउँसो १२ बजे हुनेछ।

 

प्रकाशित: २८ फागुन २०८० ९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =