ट्रकको ठक्करबाट काकाभतिजको मृत्यु

हिमाल प्रेस २६ फागुन २०८० १२:३१
48
SHARES
ट्रकको ठक्करबाट काकाभतिजको मृत्यु

इटहरी– इटहरीमा ट्रकको ठक्करबाट काकाभतिजको मृत्यु भएको छ। इटहरी १२ खनारचोकमा विराटनगरबाट इटहरीतर्फ गुडिरहेको प्र १-०२-०४१ प ६६१९ नम्बरको मोटरसाइकललाई विपरीत दिशामा गुडिरहेको प्र १-०२-००१ क ४५७८ नम्बरको ट्रकले शनिबार बिहान ठक्कर दिँदा २३ वर्षीय विपन दाहाल र पछाडि सवार सोही ठाउँका ८ वर्षीय बालक अभि दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरू काकाभतिज हुन्। दुर्घटनामा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक इटहरी २ बस्ने ३० वर्षीय प्रदीप कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित: २६ फागुन २०८० १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =