सिद्धार्थ बैंकको महिला स्वास्थ्यमा लक्षित ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा

हिमाल प्रेस २६ फागुन २०८० ११:२८
सिद्धार्थ बैंकको महिला स्वास्थ्यमा लक्षित ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा

काठमाडौँ– सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा महिला स्वास्थ्यमा योगदान पुऱ्याउने उद्देश्यले सिद्धार्थ नारी बचत खाताका ग्राहकलाई पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ।

महिला वर्गलाई लक्षित यस कार्डमार्फत गरिएको खरिदमा बैंकले कारोबार रकमको ०.१० प्रतिशत महिला स्वास्थ्यजन्य कार्यक्रमको लागि योगदान गर्नेछ। योजनाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लगि अहम् भूमिका खेल्ने विश्वास बैंकले लिएको छ।

यस कार्डबारे विस्तृत जानकारीका लागि सिद्धार्थ बैंकको नजिकैको शाखा कार्यालय वा बैंकको वेबसाइट वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा सम्पर्क गर्न सकिने बैंकलेज नाएको छ।

प्रकाशित: २६ फागुन २०८० ११:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =