काठमाडौँ म्युजिक फेस्टिभल २०२४ को आधिकारिक फुड पार्टनरमा फुडमान्डु

हिमाल प्रेस २६ फागुन २०८० ११:२१
काठमाडौँ म्युजिक फेस्टिभल २०२४ को आधिकारिक फुड पार्टनरमा फुडमान्डु

काठमाडौँ- फुड डेलिभरी कम्पनी फुडमान्डु ‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ को आधिकारिक फुड पार्टनर हुने भएको छ। दक्षिण एसियाकै लोकप्रिय कलाकार आतिफ असलमको लाइभ सो रहने काठमाडौँ म्युजिक फेस्टिभलमा फुडमान्डुले विभिन्न प्रकारका स्वादिष्ट खानेकुरा प्रदान गरेर सहभागीका लागि एक उत्कृष्ट अनुभव प्रदान गर्न लागेको हो। यस म्युजिक फेस्टिभलमा फुडमान्डुमा आबद्ध पपुलर २५ पार्टनर रेस्टुरेन्टहरुको स्टल रहनेछ।

‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ चैत ३० र वैशाख १ मा काठमाडौँको हायात रिजेन्सी ग्राउन्डमा हुनेछ। उक्त कार्यक्रम टारिस इन्टरटेन्मेन्ट र एमएन प्रोडक्सनले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन्। नेपाली नयाँ वर्षको अवसरमा हुन लागेको यस फेस्टिभलको पहिलो दिन ४ बजेबाट आतिफ असलमको कन्सर्ट सुरु हुनेछ भने गेट १ बजे नै खुल्ला रहनेछ। दोस्रो दिन १२ बजेदेखि थप नेपाली र भारतीय प्रख्यात कलाकारहरूको प्रस्तुति रहनेछ।

फुडमान्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने, ‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४ को आधिकारिक फुड पार्टनर हुन पाउँदा हामी निकै उत्साहित छौँ। हामीलाई आशा छ कि यस सांगीतिक माहोलमा दर्शक श्रोतालाई उत्कृष्ट स्वाद प्रदान गर्दै यो कार्यक्रमलाई आझै धेरै मनोरञ्जन बनाउन सक्छौँ।’

आतिफले तेरे संग यारा, जीना जीना, वो लम्हे वो बातें, जब कोई बात, पहली दफा जस्ता हिट गीतहरु गाएका छन्। आफ्नो सुमधुर आवाजले ठूलो संख्यामा दर्शक श्रोताको मन जित्न सफल आतिफले थुप्रै अवार्डहरू पनि जितेका छन्।

प्रकाशित: २६ फागुन २०८० ११:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =