महालक्ष्मी विकास बैंकको महिला उद्यमी सशक्तीकरण योजना

हिमाल प्रेस २६ फागुन २०८० ११:१६
महालक्ष्मी विकास बैंकको महिला उद्यमी सशक्तीकरण योजना

काठमाडौँ- महालक्ष्मी विकास बैंकले आलय प्रालि र रायन इनजी प्रालिको सहकार्यमा महिला उद्यमीहरुको वित्तीय पहुँच तथा स्वच्छ ऊर्जामा पहुँच अभिवृद्धि गरी दिगो विकास लक्ष्य प्राप्त गर्न नयाँ पहलकदमीको सुरुवात गरेको छ।

यसअन्तर्गत बैंकले काभ्रेको बनेपा र धुलिखेलमा रहेका महिला लघु उद्यमीहरुलाई विद्युतीय सवारीसाधन खरिदका लागि वित्तीय सहयोग प्रदान गर्ने जनाएको छ।

साथै आधिकारिक विक्रेता तथा निर्माताका रूपमा रहेको रायन इनर्जी प्रालिले सुरक्षित तथा वातावरणीय अनुकूल विद्युतीय सवारीसाधन आपुर्ति गर्नेछ। सोको आवश्यक प्रशिक्षण, मर्मतसम्भार तथा वारेन्टी समेत प्रदान गर्ने योजना बैंकको छ।

यो सहकार्य नेपालमा हरित अर्थतन्त्रको प्रवद्र्धन, वित्तीय विशेषज्ञता तथा नविनत्तम प्रविधिको विकास तथा लैङ्गिक समानता हासिल गर्न एक गतिशील साझेदारीका रूपमा रहने विश्वास बैंकको छ। ‘यो सम्झौताले महिलालाई आर्थिक रुपमा सबल बनाउने, समुदायको दिगो विकास गर्ने तथा पर्यावरणीय मैत्री यातायातको अवलम्बन गर्ने प्रमुख लक्ष्य लिएको छ’, बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २६ फागुन २०८० ११:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 2 =