लाइटर खेलाउँदै गर्दा आगो लागेपछि बालकको मृत्यु

हिमाल प्रेस २५ फागुन २०८० १९:५७
66
SHARES
लाइटर खेलाउँदै गर्दा आगो लागेपछि बालकको मृत्यु प्रतीकात्मक तस्बिर

दमौली (तनहुँ)- तनहुँको ऋषिङ गाउँपालिका-६, दाउन्नेमा आगलागीमा परेर आज (शुक्रबार) पाँच वर्षीय बालकको मृत्यु भएको छ। आगलागीमा परी शिशिर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीय ऋषिराम थापामगरको घरमा कोही नभएका बेला गोठमा उनका नाति शिशिरले पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी भएको हो।

बालकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

प्रकाशित: २५ फागुन २०८० १९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 9 =