जेठ १० मा ‘दान्भी’ आउँदै

हिमाल प्रेस २५ फागुन २०८० १६:०३
12
SHARES
जेठ १० मा ‘दान्भी’ आउँदै

काठमाडौँ- फिल्म ‘दान्भी’ आगामी जेठ १० मा प्रदर्शन हुने भएको छ। महाशिवरात्री तथा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निर्माण टिमले फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन्।

रुपेश तामाङको निर्देशनमा बनेको फिल्म एक्सन जनरामा बनेको छ। फिल्ममा रविना थापा मगरको कथा र संजोग रानाको पटकथा तथा संवाद छ। फिल्ममा अभिनेत्री पूजा शर्मा एक्सन भूमिकामा देखिनेछिन्। फिल्ममा अन्य कलाकार कुन्साङ बोमजम, किरण श्रेष्ठलगायतकाे अभिनय छ।

हरि घलेको छायांकन, निर्देशन श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादनमा बनेको फिल्म अर्जुन पोखरेल, नरेश जोगी र केदारराज नेपालीको संगीत, कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफीमा बनेको छ। देव मगर र अनुप गडाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन्।

 

प्रकाशित: २५ फागुन २०८० १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 3 =