काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी बैठक बस्दैछ।
नयाँ गठबन्धन सरकारमा सहभागी हुने र मन्त्रीको टुंगो लगाउन बैठक बस्न लागेको हो।
बैठक बिहान ८ बजे बोलाइएको पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिए।
उनका अनुसार जसपा सरकारमा सहभागी हुनेछ।
सोमबारदेखि लगातार बैठक बसे पनि जसपाले सरकारमा सहभागी हुनेनहुने र कसलाई मन्त्री बनाउने भन्ने विषयमा निर्णय गर्न सकेको छैन।
प्रकाशित: २४ फागुन २०८० ७:३२
प्रतिक्रिया