सिमानामा काँडेतार लगाउनुपर्छ भन्दा प्रधानमन्त्री पद नै गयाेः झलनाथ खनाल

हिमाल प्रेस २३ फागुन २०८० १२:४६
10
SHARES
सिमानामा काँडेतार लगाउनुपर्छ भन्दा प्रधानमन्त्री पद नै गयाेः झलनाथ खनाल फाइल तस्बिर/हिमाल प्रेस

काठमाडौँ- फिल्म ‘काँडेतार’को प्रिमियर हेर्न पुगेका पूर्वप्रधानमन्त्री झलनाथ खनाले सिमानामा काँडेतार लगाउनुपर्ने धारणा राख्दा प्रधानमन्त्री पद नै गएकाे बताएका छन्। ‘मैले सिमानामा काँडेतार लाउनुपर्छ भन्दा मेराे प्रधानमन्त्री पद नै गयाे।  टिक्नै दिएनन्। अनि के गर्ने?’ उनले भने। प्रिमियर सकेपछि  फिल्मले  भारत र नेपालीबीच राम्रो सम्बन्ध हुनुपर्छ भन्ने सन्देश दिएको उनले बताए।

जमलस्थित विश्वज्योति हलमा मंगलबार गरिएको प्रिमियरमा उपस्थित राजनीतिक दलका नेता, सामाजिक अभियन्ता तथा कलाकारहरुले फिल्मले देशको वास्तविक कथा बोलेको बताएका छन्।

नवल खड्का निर्देशित देशभक्ति फिल्मले देशको सीमामा काँडेतार लगाउनुपर्ने आवाजलाई उठान गरेको छ। फिल्मको मुख्य भूमिकामा नवल स्वयं छन्।

फिल्ममा नेपालका पूर्व, पश्चिम तथा दक्षिणतर्फको सीमानामा भारतीय पक्षबाट हुने गरेको ज्याददीबाट उक्त क्षेत्रमा बस्ने नेपालीले भोग्नुपरेको पीडालाई मुख्य विषय बनाएको छ। र देश रक्षाको लागि युवापुस्ता जागरुक हुनुपर्ने सन्देश दिन खोजिएको छ।

फिल्म हेर्न पूर्वप्रधानमन्त्री झलनाथसहित पूर्वमन्त्री सीपी मैनाली, अधिवक्ता स्वागत नेपाल, डा.सुरेन्द्र केसी, कलाकार निर्मल शर्मा, शंकर आचार्य, गायिका अज्जु पन्तलगायतको उपस्थित थिए।

फिल्मले राष्ट्रघाति सन्धि-सम्झौता र विदेशीसँग देशको हित विपरित सहमति गर्ने नेतालाई मृत्युदण्डको सजाय दिनुपर्ने सन्देश प्रवाह गरेको अधिवक्ता स्वागत नेपाल बुझाई थियो।

सीमाविद् बुद्धिनारायण श्रेष्ठ फिल्मले सीमामा काँडेतारको आवश्यकता किन छ भन्ने बुझ्न फिल्म हेर्न सबैलाई आग्रह गरे। उनले जङ्गे पिल्लरको सुरक्षाका लागि सीमामा काँडेतार नै आवश्यक रहेको बताए।

नेपालको सीमाअतिक्रमणको विषय उठान गरिएको फिल्ममा निर्देशक नवलसहित गौरव पहारी, सुरविना कार्की, रेबिका गुरुङ, प्रशान्त यादव, प्रेम सुब्बा, महेश गिरि, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरि, बाल कलाकार नादिया खड्का, सनया खड्कालगायतको अभिनय छ।

सौरभ लामाको छायांकन रहेको फिल्मको पटकथा लेखनमा निर्देशक खड्काले शिवम अधिकारीसँग सहकार्य गरेका छन्।

फिल्मका निर्मातामा पनि नवलसँगै माकिको राई र अन्जु केसी छन्। फिल्ममा गायिका सत्यकला राई कार्यकारी निर्माता हुन्। सामना फिल्मस् प्रालिको ब्यानरमा बनेको फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी छ।

प्रकाशित: २३ फागुन २०८० १२:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =