ग्लोबल आइएमई बैंकका दुईवटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

हिमाल प्रेस २२ फागुन २०८० १६:४७
ग्लोबल आइएमई बैंकका दुईवटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले थप दुई स्थानबाट शाखारहित बैंकिङ सेवाको शुभारम्भ गरेको छ। बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–६ हुस्लाङ र बन्दीपुर गाउँपालिका–६ साराङघाटमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

यी दुई नयाँ शाखारहित बैंकिङ सेवाको सञ्चालनसँगै बैंकका शाखारहित बैंकिङ सेवाको संख्या २७७ पुगेको छ। ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखारहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्र छन्।

प्रकाशित: २२ फागुन २०८० १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − thirteen =