नेदरल्यान्ड्सविरुद्ध सुरुवाती ब्याटिङ गर्दै नेपाल

हिमाल प्रेस २२ फागुन २०८० ११:२८
6
SHARES
नेदरल्यान्ड्सविरुद्ध सुरुवाती ब्याटिङ गर्दै नेपाल

काठमाडौँ- नेपालले त्रिदेशीय टी- २० आई शृंखलाको फाइनलमा नेदरल्यान्ड्ससँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

नेपालले आफ्नो प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन।

नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी-२० आई शृंखलाको उपाधि जित्न चाहन्छ।

नेपालको टोली

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अभिनाश बोहोरा र आरिफ शेख

नेदरल्यान्ड्सको टोली :

म्याक्स ओ डाउड, स्कट एडवार्ड्स, शारिज अहमद, साइब्रान्ड एंगलब्रेक्ट, फ्रेड कलासेन, भिभिएन किंग्मा, रोलफ भान डर मर्व, माइकल लेभिट, तेजा निदामानुरु, टिम भान डर गुग्टेन, विक्रमजित सिंह

प्रकाशित: २२ फागुन २०८० ११:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =